नेपाली सामग्रीको निर्यात बढ्यो, कुन देशमा कति ?

नेपाली सामग्रीको निर्यात बढ्यो, कुन देशमा कति ?
सुन्नुहोस्

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब साढे २ खर्ब बराबरको सामग्री निर्यात भएको छ। कुल वस्तु निर्यात १४.२ प्रतिशतले वृद्धि भएको हो। 

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार आर्थिक वर्ष २०८२/८३ वैशाखसम्ममा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः  १६.१ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ। चीनतर्फको निर्यातमा ४१.७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, चाउचाउ, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ। जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको छ। 

१० महिनामा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई १६ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १०.६ प्रतिशत, २१.४ प्रतिशत र २०.७ प्रतिशतले वृद्धि भएको छ। 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, भटमासको कच्चा तेल लगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, एमएस तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको छ।  

आर्थिक वर्ष २०८२/८३ को १० महिनामा कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.७ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा  निर्यात–आयात अनुपात १४.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.८ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ६० अर्ब ८० करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ५२ अर्ब ४८ करोड बराबरको भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.