पूरा समय मन्त्री पदमा बस्दिनँ, बढीमा तीन वर्ष हो : महावीर पुन
काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
नवनियुक्त मन्त्री पुनले आफू धेरै समय पदमा नबस्ने बताए। उनले मन्त्रालयमा रातदिन काम गर्ने बढीमा तीन वर्षमात्र मन्त्री पदमा बस्ने उनको भनाइ छ।
'विज्ञान, प्रविधिको कुरामा ढिला हिंडेर ठाउँमा पुगिँदैन। द्रूत गतिमा, रात दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ। बढीमा तीन वर्ष मन्त्री भएर खाने हो,' उनले भने।
उनले छिटो छिटो काम गरेर अरुलाई हस्तान्तरण गर्ने बताए। उनले यो सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफू पूरा समय नबस्ने बताए।
प्रतिक्रिया दिनुहोस !