विश्वकपलक्षित सामसङको आकर्षक अफर, २५% सम्म क्यासब्याक

विश्वकपलक्षित सामसङको आकर्षक अफर, २५% सम्म क्यासब्याक
सुन्नुहोस्

काठमाडौं : विश्वकपको माहोललाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना विभिन्न टिभी मोडेलमा विशेष अफर सार्वजनिक गरेको छ। ग्राहकले २५ प्रतिशतसम्म क्यासब्याक, निःशुल्क नेटटिभी प्याकेज, विश्वकप लाइभ सब्स्क्रिप्सन तथा ठूला स्क्रिनका टिभीमा विशेष छुटमा साउन्डबार पाउनेछन्।

कम्पनीका अनुसार यो अफर जुलाई १९ सम्म लागू हुनेछ र ग्राहकलाई घरमै स्टेडियमजस्तै मनोरञ्जनको अनुभव दिलाउने उद्देश्य राखिएको छ। अफरअन्तर्गत चयनित सामसङ टिभी मोडेलमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। विशेषगरी ७५ इन्च र ८५ इन्चका टिभी खरिद गर्ने ग्राहकले ४९ हजार ९९० रुपैयाँ मूल्यको साउन्डबार केवल ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्।

कम्पनीले क्युएलईडी, युएचडी, एफएचडी र एचडी मोडेलका टिभीमा निःशुल्क नेटटिभी प्याकेज र विश्वकप लाइभ सब्स्क्रिप्सनसमेत उपलब्ध गराउने जनाएको छ। युएचडी र क्युएलईडी मोडेलमा १२ महिनासम्म तथा एफएचडी र एचडी मोडेलमा ६ महिनासम्मको निःशुल्क नेटटिभी सुविधा रहने कम्पनीले जनाएको छ।

साथै, ग्राहकले हुलास फिनसर्भमार्फत १२ वा २४ महिनाको ईएमआई सुविधामा टिभी खरिद गर्न सक्नेछन्। पुराना टिभी वा उपकरण साटेर नयाँ सामसङ टिभी लैजान चाहनेका लागि एक्सचेन्ज अफरसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.