‘अन्नपूर्ण पोस्ट् रमाइलो शैलीमा पढ्नुस, सौराहा घुम्नुस’
काठमाडौंः अन्नपूर्ण पोस्ट्ले ‘ओएमजी’ अभियान अन्तर्गत डबस्मास फेसबुक कन्टेक्सट योजना ल्याएको छ ।
यो योजना अन्तरगत अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारलाई रमाइलो ढंगबाट पढिरहेको भिडियो डबस्मासबाट खिचेर पाठकहरुले इमेल गरेपछि फेसबुकमा हाल्ने व्यवस्था गरिएको छ ।
यसरी खिचेको भिडियोमध्ये उत्कृष्टलाई छानेर अन्नपूर्ण पोस्ट् ओएमजीको फेसबुक पेजमा हालेर लाइक र सेयरको आधारमा पुरस्कार दिने व्यवस्था गरिएको छ ।
अन्नपूर्ण पोस्ट् ब्रान्ड डिर्पाटमेन्टका प्रमुख श्याम मालीका अनुसार सबैभन्दा धेरै लाइक आउने एउटा भिडियोका विजेता जोडीलाई तीन दिन तीन रातको सौराहा घुम्ने प्याकेज उपलब्ध गराइने भएको छ ।
‘यो प्याकेजसँगै हामीले जित्ने जोडीलाई १५ हजार पुरस्कारको पनि व्यवस्था गरेका छौं’, उनले भने, ‘सबैभन्दा बढी सेयर भएको भिडियोलाई पनि त्यस्तै प्याकेज र पुरस्कारको व्यवस्था छ ।’
त्यसका साथै गोलाप्रथाबाट छानिएका २५ जनालाई अन्नपूर्ण पोस्ट् एक वर्षसम्म निशुल्क दिइने भएको छ ।
यो अभियान सोमबारबाट दुई हप्तासम्म चल्नेछ । यो अभियान सकिएको तेस्रो हप्तामा पुरस्कार विजेता घोषित गरिने छ ।