रामापुर कोलोनीमा मुक्तिनाथको बैंकिङ कार्यालय
काठमाडौं: मुक्तिनाथ विकास बैंकले सैनामैना नगरपालिका-८ रामापुर कोलोनीमा शाखा खोलेको छ।
शाखाको उद्घाटन बैंकका अध्यक्ष मीनप्रसाद गुरुङले गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको उद्देश्य, रणनीति, सेवा सुविधा एवं भावी कार्यक्रमबारे जानकारी गराएका थिए।
सोही अवसरमा बैंकले एसएलसी परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा समीक्षा सुवेदीलाई सम्मानपत्र र नगद पुरस्कार १५ हजार पाँच सय ५५ तथा सुनगाभा पब्लिक उच्च माविलाई प्रशंसापत्र प्रदान गरेको जनाएको छ।
बैंकको कुल निक्षेप १० अर्ब ५२ करोड र कर्जा लगानी नौ अर्ब ५१ करोड रहेको छ।