कारबम आक्रमणमा सिरियामा छ सैनिकको मृत्यु

कारबम आक्रमणमा सिरियामा छ सैनिकको मृत्यु

अमानः सिरियाको सीमा क्षेत्रमा रहेको शरणार्थी शिविरको बाहिरी इलाकामा मङ्गलबार भएको एक कारबम आक्रमणमा परी छ जोर्डनी सैनिकको मृत्यु भएको छ। आक्रमणमा  १४जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।

स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५:३० बजे रुक्बान जिल्लामा रहेको शरणार्थी शिविरमा विपरित दिशामा भएको यस कारबम आक्रमणमा परी छ सैनिक मारिनुको साथै अन्य १४ घाइते भएका सेनाद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

कारबाहीको क्रममा सेनाले आतङ्ककारीहरुको कैयौँ सवारी साधन ध्वस्त पारेको विज्ञप्तिमा उल्लेख छ ।

सिरिया र जोर्डनको सीमा क्षेत्रमा रहेको दशौँ हजार सिरियाली शरणार्थी आश्रित शरणार्थीस्थल नजिकै सो आक्रमण भएको जनाइएको छ ।

जोर्डनका अनुसार सिरियामा गत पाँच बर्षसम्म जारी रहेको द्वन्द्वको कारण १४ लाख सिरियाली जोर्डनमा शरण लिइरहेका छन् ।

तर, संयुक्त राष्ट्रका अनुसार भने जोर्डनमा दर्ता भएका शरणार्थी ६ लाख ३० हजार रहेका छन् । त्यो संख्यालाई आधिकारीक मान्न नसकिने अधिकारीहरुको दाबी छ ।

जोर्डनले सन् २०१४ देखि सिरियामा आइएस विरुद्ध हवाई आक्रमण गर्दै आएका छन् । यस क्रममा कैयौँको ज्यान गइसकेको पनि विगतमा आउने समाचार बताउने गरिएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.