शाओमीले ल्यायो फोल्ड हुने विद्युतीय स्मार्ट साइकल

शाओमीले ल्यायो फोल्ड हुने विद्युतीय स्मार्ट साइकल

एजेन्सी: चीनको स्मार्टफोन कम्पनी शाओमीले मोबाइल फोनको बजार बढाइरहेका बेला स्मार्ट साइकल समेत सार्वजनिक गरेको छ। उसले प्रविधिको विश्व बजारलाई मध्यनजर गर्दै पहिलो पटक विद्युतीय साइकल विश्व बजारमा उतारेको हो।

यो विद्युतीय साइकललाई कम्पनीले क्वाइसाइकल(QiCycle) नाम दिएको छ। यसको मूल्य २९९९ युआन अर्थात करिब ५० हजार नेपाली रुपैयाँ पर्न आउँछ।

प्रविधिको बढ्दो बजारलाई मध्यनजर गर्दै शाओमीले आफूलाई स्मार्टफोनमा मात्र नभएर अन्य प्राविधिक सामाग्रही उत्पादनमा पनि अब्बल बनाउँदै लगेको छ ।

यसअघि पनि उसले साइकलबाहेक अन्य डिभाइस विश्वबजारमा ल्याइसकेको छ। जसमध्ये एयर कन्डिस्नर, वाटर प्यूरिफायर, पावर बैंक, क्यामरा र राउटरलगायतका उत्पादनलाई विश्वबजारमा पुर्‍याइसकेको छ ।

 

कार्बन फाइबरबाट बनेको यो इलेक्ट्रोनिक्स साइकलमा एउटा इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले यो साइकललाई चल्न मद्दत गर्नेछ। यसका साथै यसको पाइडललाई सहयोग गर्न २५० वाटदेखि ३६ भोल्टको मोटर समाहित छ। यसको तौल १४.२ किलोग्राम रहेको कम्पनीले जनाएको छ।

मुख्य कुरा के छ भने यो साइकललाई उपभोक्ताले सजिलै फोल्ड गर्न सक्नेछन् । कम्पनीका अनुसार यसलाई फोल्ड गरेर सजिलैसँग राख्न सकिन्छ। विद्युतका लागि यसमा ब्याट्री म्यानेजमेन्ट सिष्टमबाट पानासोनकिकको १८ हजार ६ सय ५० एमएएचको ब्याट्री राखिएको छ।
यो स्मार्ट साइकललाई एक पटक पूरा चार्ज गरेर ४५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले दाबी गरेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.