थिएटरमा कृष्णको रामायण

 थिएटरमा कृष्णको रामायण

काठमाडौं: नाटककार कृष्ण शाह यात्रीले बहुचर्चित महाकाव्य रामायणलाई रंगमञ्चमा उतारेका छन् । सर्वनाम नाटकघरमा मञ्चन भएको नाटक ‘रामायण'मा स्थापित कलाकारले अभिनय गरेका थिए ।

‘मैले सानो छँदा कटारी, उदयपुरमा रामलीला पटकपटक हेरेको थिएँ । रामायणका पात्रहरू मन र मस्तिष्कमा बसेको उतिबेलैदेखि हो । यस पटक रामायणका मिथकलाई जस्ताको तस्तै मञ्चमा प्रस्तुत गरेको छु', निर्देशक यात्रीले भने ।

निर्देशक यात्रीकै परिकल्पना, आलेख नाटकीकरण रहेको नाटकलाई ज्योतिपुञ्ज साइन थिएटरले प्रस्तुत गरेको हो । रामायणलाई संसारकै एक विशाल ग्रन्थ मानिन्छ । यसमा मर्मस्पर्शी एवं लोकप्रिय कथाहरू रहेका छन् । सभ्य समाज निर्माण गर्नका लागि मार्गनिर्देशन गरेको रामायणलाई ज्ञानको सागर पनि मानिन्छ ।

नाटकमा विष्णुभक्त फुँयाल, किशोर अनुराग, अशोक शिवाकोटी, देवु वरा, डम्बर ढकाल, रीता थापा, लक्ष्मण पौडेल, समीर राई, ज्ञानकुमार खड्का, गणेश दुलाल, सरोज बस्नेत, श्वेता मैनाली, रोशना रामुदामु, ज्योतिप्रभा मरासिनी, मनीष पौडेल, आशीष खत्री, मेरी राई, पारु श्रेष्ठ, अप्सरा लामिछाने, कुशल मगर, लक्ष्मी तिवारी, राजन ठकुरीलगायत चार दर्जन कलाकारले अभिनय गरेका थिए ।

नाटकमा चार वर्षका सम्भवदेखि ८० वर्षका विष्णुभक्त फुँयालसम्मले अभिनय गरेका थिए । पहिलो पटक मञ्चन गरिएको नाटक ‘रामायण'लाई समय मिलाएर फेरि मञ्चन गरिने भएको छ ।

रामायण मञ्चनमा भेषभूषा र मञ्च सामग्रीमा विशेष ध्यान दिइएको थियो । नाटक हेरेपछि काठमाडौं विश्वविद्यालयका डा. निर्मलमणि अधिकारीले भने, “काठमाडौंको रंगमञ्चमा यस्तो नाटक कम्ती हेर्न पाइन्छ । यस पटक रामायण मञ्चनमा नृत्य, गीत, संगीत, कथावाचन र अभिनयको बेजोड प्रस्तुति रहेको देखियो” ।

थाइल्यान्ड, कम्बोडिया, भारत, श्रीलंकालगायतका मुलुकमा विभिन्न भाषामा रामायण मञ्चन हेरिसकेका वृत्तचित्र निर्देशक विनय बहलले भने “नेपाली भाषामा मञ्चन गरिएको रामायणको प्रस्तुति मन प¥यो ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.