संसारभर स्वामित्व विस्तार गर्दै 'सगुन'

संसारभर  स्वामित्व विस्तार गर्दै 'सगुन'

काठमाडौं: नेपालीले बनाएको सामाजिक सञ्जाल सगुनले विश्वभर छरिएर रहका नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको छ।

अमेरिकन सरकारले जुन २९ देखि लगानीको अवसर खुल्ला गर्ने भएपछि क्राउड फण्डिङ अन्तर्गत पहिलो चरणको अभियानमा जुटेको सगुनका संस्थापक गोविन्द गिरीले बताए।

उनका अनुसार अमेरिकी सरकारको जब्स एक्ट २०१२ लेअमेरिका वा क्यानडामा स्थापना भएका स्टार्ट अप कम्पनीले मिनी आइपीओमार्फत विश्वभरका मुलुकका व्यक्तिहरुले लगानी गर्न पाउन छन्। यसको लागि आवेदन फारम अमेरिकी सरकारले विश्वभर नै खुल्ला गर्न लागेको हो।

अमेरिकी सरकारको नियममा रहेर लगानी गर्न चाहने व्यक्तिले न्यूनतम पाँच हजार डलरसम्म शेयर हाल्न पाउनेछन्। जसमा ३.७५ डलर प्रति शेयर मूल्यको ४८०,००० कित्ता शेयर निस्कासन गरिने र न्यूनतम लक्ष्य अनुरुपको रकम उठ्ने वित्तिकै यसलाई बन्द गरेर मिनी आइपीओ मार्फत स्वामित्व वितरण गर्ने सगुनको योजना रहेको छ।

सगुनले पनि लगानी गर्न चाहने लगानीकर्तालाई अवसर खुल्ने बित्तिकै सगून डट कमको वेब साइटमा उपलब्ध हुने जनाएको छ। साथै उसले स्वामित्वमा व्यापकीकरण गर्ने निर्णय हुनु अगाडि अहिले सगूनको मूल्य एक करोड पचास लाख डलर बराबर रहेको डेलावेयर कर्पोरेशनले तथ्याङक दिएको छ।

 

सन् २०१४ देखि औपचारिक रुपमा नेपालमा सुरुवात गरेको सामाजिक सञ्जाल सगुनलाई थप प्रतिस्पर्धी बनाउँदै लैजाने योजना रेहको संस्थापक गोविन्द गिरीले अन्नपूर्ण अनलाइनलाई बताए।

'सगरमाथा र बुद्धको देशमा सार्जनिक गरेको सोसियल इ कमर्स' साइट अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको छ। संस्थापक लगानीकर्ताहरुको प्रति शेयर मूल्य अहिले ३.७५ डलर पुगेको छ। उनले भने, 'स्थापनाको बेलामा दश हजार डलर लगानी गर्ने लगानीकर्ताको शेयरको मूल्य अहिले ७५ हजार डलर पुगेको छ।'

नेपाल र नेपालीको नयाँ पहिचान स्थापना गर्ने अभियानमा सगुनले सधै लागि हने भन्दै गिरीले संसारभरका नेपालीलाई लगानीको अवसर प्रदान गरेको दाबी गरे।

यस्तै सगूनका सहअभियान्ता कविन्द्र सिटौलाले प्राइभेट फण्डिङ्ग मार्फत लगानी गर्न नसक्नेहरुको लागि एशिया महादेशबाटै लगानी गर्न सक्ने अवस्था सिर्जना गर्ने वातावरण सिर्जना गरिरहेको बताए।उनले भने, 'सगूनको कम्पनी मूल्य बढेको, प्राइभेट फण्डिङ्ग र मिनी आइपीओमा नेपालीहरुले पनि लगानी गर्न पाउने भएपछि सगूनका संस्थापक लगानीकर्ताहरु खुसी भएका छौ। हामी नेपाल र नेपालीलाई आर्थिक र प्रविधिमा सबल बनाउन हरप्रयास गर्नेछौ।

यस्तै अमेरिकाको वासिङ्गटन डिसीमा रहेको विश्व बैंकमा कार्यरत अर्थशास्त्रीको प्रेम संग्रौलाले सगुन नेपालीको सामाजिक, आर्थिक र प्रविधिमा पालइला टेक्ने कोसे ढुंगा साबित भएको दाबी गरे। उनले भने, 'मैले सुरुमा भावनात्मकरुपमा लगानी गरेपनि अहिले पाइपलाइनमा भएको प्रडक्टले यसको उचाँइ बढाएको छ।'

यस्तै अमेरिकामा कानुन व्यावसायी रुपमा स्थापित भएका खगेन्द्र क्षेत्रीले सगूनको विजिनेश प्लान र यसको भविष्य अमेरिकी कानून अनुरुप रहेको बताउँदै चाडै नै सबैको मन जित्ने जिकिर गर्छन। उनी भन्छन्, 'सगुनको कानूनी प्रक्रिया सरल र मानिसलाई नयाँ आर्जनको आधार तय गरेको छ। यसबाट म लगायत धेरै जना प्रभावित भएको छ।'

अमेरिकाका ठूला बैंकहरु मध्ये एक क्यापिटल वान बैङकमा ग्लोवल ट्याक्स मेनेजरको रुपमा कार्यरत सीपीए लक्ष्मण प्रधान भने सगून मार्फत नेपाली र नेपालीको आर्थिक हैसियत माथि उठ्न सक्ने कुरामा निकै आशावादी देखिन्छन्। त्यसैगरी अमेरिकामा आइटी प्रोजेक्ट म्यानेजरकोरुपमा कार्यरत उमेश शर्मा न्यौपाने आइटी क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा पहिलो पटक यस्तो स्टार्ट अप कम्पनी आएकाले नेपाल र नेपालीको लागि धेरै आशा रहेको बताए।

गैर आवसीय नेपाली संघ (एनआरएन) को सन् २०१५-१७को विधान संसोधन समितिका सहअध्यक्ष तथा अमेरिकामा नेपाली भाषाको टेलिभिजन शुरुवात गरेका राम खरेलको विचारमा सगुन र एनआरएन दुवैका ध्येय मिल्दा छन्।

अमेरिकी सैनिकका 'आर्मी रिभ्यू वोर्ड' का प्रमुख कर्णेल आर्ची डेभिस लगायत युएस आर्मीका आइटी क्षेत्रमा कार्यरत अमेरिकी सैनिकहरुले समेत लगानी गरेका छन्। सगूनको हालै भएको मूल्य बढोत्तरी, स्मार्ट कार्ड जस्ता प्रयोग कर्तालाई समेत आम्दानीको हिस्सा प्रदान गर्ने प्रोडक्ट र जीवनलाई सकारात्मकरुपमा अझ सरल बनाउने अन्य पाइपलाइनका प्रोडक्टहरुको कारणले सामाजिक सञ्जाल र सोसियल इ कमर्सको क्षेत्रमा नेपाल र नेपालीकोपहिचानलाई उच्च बनाउन सक्ने कुरामा यसका लगानीकर्ताहरु विश्वस्त देखिन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.