जननेता मदन भण्डारी देशभक्त नायकः ओली

 जननेता मदन भण्डारी देशभक्त नायकः ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन्। मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले स्व.जननेता भण्डारी सामाजिक न्यायको फराकिलो चिन्तन, न्यायका प्रतिमूर्ति भएको बताए।

ओलीले भने, 'मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको अग्रगामी विकासको लागि मन वचन र कर्मबाट लागि पर्ने देश देशभक्त नायक हो।'

प्रधानमन्त्री ओलीले शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीलाई ओल्याएर नयाँ पिँढीलाई योग्य दक्ष र गुणवान बनाउनु जरुरी रहेको बताए। उनले मदन भण्डारी कलेज सुरु गर्दाका संर्घष सम्झदै भने, ' मदनभणडारी कलज सुरु गर्दा हामीसँग पैसा थिएन, शिक्षाका पूर्वाधार थिएन, कस्ले पढाउने त्यो पनि थाहा थिएन तर हामीमा असाधारण इच्छाशक्ति र संकल्प थियो, जुन आज आएर प्राध्यापक र विद्यार्थीको सपना साकार भएको छ।'

उनले मदन भण्डारी मेमोरियल कलेजमा बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको अतुलनीय योगदान रहेको बताए। उनले भने, ' शिक्षाको उज्यालोबाट विद्यार्थीको आखाँ खोल्ने काममा राष्ट्रपतिको सक्रियता, आट र सहासलाई सबैले मनन गर्नुपर्छ।किनकी आज नयाँ पुस्ताले अध्याधुनिक वातावरणमा अध्ययन र अनुसन्धान गर्न पाएका छन्। आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न पाएका छन्।

उनले विद्यार्थीको क्षमतालाई उजागर गर्न चीनमा ६ वटा छात्रवृतिका सिटहरु खोलिएको भन्दै विद्यार्थीले उक्त अवसरलाई मेहनत गरेर सदुपयोग गर्न आग्रह गरे। उनले भने, ' विद्यार्थी बोली, वचन र आचरणमा राम्रा र सद्‌गुणी हुनुपर्छ। कलेजको नामलाई बद्‌नाम गर्ने काम कहिल्यै पनि गर्नुहुँदैन ।'

 

नयाँपिँढीलाई आफ्नो विषयअनुसार क्षमता उजागर गर्न शिक्षा नीतिमा आवश्यक सुधार ल्याउनेतर्फ सरकार अघि बढिरहेको उनले उल्लेख गरे। उनले यस वर्षको बजेटमा मदनभण्डारी इन्स्टिच्युशन अफ साइन्स एण्ड टेक्नोलोजीको स्थापना गर्ने सरकारी योजना ल्याएको जानकारी दिए।

यस्तै मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डम्बरबहादुर हमालले कलेजको प्रगति विवरण प्रस्तुत गर्दै प्रत्येक क्षेत्रमा विद्यार्थीले राम्रो गरिरहेको दाबी गरे।
उनले शिक्षा अहिले निजिकरण र व्यापारीकरण भइरहेको भन्दै मदनभणडारी कलेजले सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आउको बताए।

शिक्षालाई कम्पनीके रुपमा दर्ता गनृ नहुने भन्दै उनले यसलाई प्राज्ञिक थलोको रुपमा विकसित गर्दै लैजानुपर्नेमा जोड दिए।उनले भने, 'शिक्षामा व्यापक रुपमा निजीकरण र व्यापारीकरण भएको छ, यसलाई कम्पनी जस्तो नाफामुखी नभइ सेवामुखी बनाउनुपर्छ। किनकी शिक्षा देशके भविष्यसँग जोडिएको गम्भीर विषय हो। '

उनले चीन सरकारको सहयोगमा ६ जना विद्यार्थीलाई एमबीबीएस र इन्जिनियरिङ अध्ययनका लागि अवसर आएकोप्रति निकै हर्षित भएको बताए।
यस्तै कलेजले यस वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार' त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुख तथा प्राध्यापक पी खरेललाई प्रदान गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवसरमा सम्मानपत्रसहित २५ हजार प्रा खरेललाई प्रदान गरे।

त्यस्तै, कलेजले उच्च माध्यमिक शिक्षातर्फ सर्वोत्कष्ट अङ्क ल्याउन सफल छात्रतर्फ सुदन लामिछाने र छात्रातर्फ रमा पराजुलीलाई प्रधानमन्त्री ओलीले स्वर्णपदक प्रदान गरी बधाई दिए।

सो अवसरमा कार्यक्रमलाई सफल बनाउन कलेजमा स्नातकोत्तर तेस्रो सेमेष्टरमा अध्ययनरत अर्जुन सापकोटाले क्यारिकेचर र अन्य तहका विद्यार्थीले स्वागत गीत, गीत तथा विभिन्न भेषभूषामा नृत्यसमेत प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.