स्मार्टफोनको ‘लक प्याटन' वा पिन नम्बर भुल्नुभयो ? यसो गर्नुहोस्

स्मार्टफोनको ‘लक प्याटन' वा पिन नम्बर भुल्नुभयो ? यसो गर्नुहोस्

आजभोली स्मार्टफोनको प्रयोगकर्ता बढ्दै गएका छन् । आफ्नो मोबाइललाई सुरक्षित राख्न तथा अरु व्यक्तिले सहज रुपमा आफ्नो मोवाइल खोल्न नपाओस भनेर तपाईंले मोबाइलमा लक प्याटन वा पिन नम्बर राखेर भुल्दा तनावमा हुनुहुन्छ ?

विशेषगरी लामो समयसम्म एउटै प्याटन लक तथा एउटै पिन नम्बर राखेर पिन तथा प्याटन परिवर्तन गर्दा भुल्ने समस्या हुने गर्दछ । लामो समय सम्म राखेको पासवर्डमात्र सम्झिने भएकाले नयाँ पासवर्ड भुल्ने क्रम बढी हुन्छ ।

यदी यस्तो हो भने अब तपाईंले प्याटन लक तथा पिन नम्बर भुल्दा तनावमुक्त हुनुभए हुन्छ । त्यसका लागि तपाईंले केही उपाय अपनाउन सकिन्छ ।
सबैभन्दा सजिलो उपाय फेक्ट्री रिसेट हो । तर, फेक्ट्री रिसेट गर्दा मोवाइलमा राखिएका अन्य डाटा पनि उड्ने समस्या हुन्छ । डाटाको सुरक्षा गर्नुपर्ने अवस्था छ भने तपाईंले फेक्ट्री रिसेटको विकल्प रोज्नुपर्ने हुन्छ ।

फेक्ट्री रिसेट गर्न नसकेको अवस्थामा तपाईंले एन्ड्रोइड डिवाइस मेनेजरको प्रयोग गर्न सक्नुहुनेछ । स्मार्टफोनमा तपाईंले गुगल एकाउन्ट लग इन गर्नुभएको छ भने त्यसको मद्दतले एन्ड्रोइड डिवाइसको व्यवस्थापन गर्न सक्नुहुनेछ ।

 

स्क्रीनमा देखिने ‘लक' बटनमा थिच्नुहोस्, त्यसपछि तपाईंका लागि नयाँ पासवर्ड राख्ने विकल्प देखिनेछ । त्यसपछि नयाँ पासवर्ड हान्नुहोस् । पाँच मिनेटपछि तपाईंको मोवाइल खुल्नेछ ।

यदी तपाईंले प्याटन लकको प्रयोग गर्नुभएको छ भने एन्ड्रोइड डिवाइसमा ‘फरगेट प्याटन' को एक विकल्प हुन्छ । पाँच पटक गलत प्याटनको प्रयोग गर्नुभयो भने ‘ट्राइ अगेन इन ३० मिनेट' लेखेको देख्नुहुनेछ । यस समयमा पनि तलतिर ‘फरगट प्याटन' लेखिएको पनि देखिने छ । त्यसलाई क्लिक गर्नुहोस र आफ्नो गुगल एकाउन्टको डिटेल इन्ट्रि गर्नुपर्ने हुन्छ ।

सेफ मोडमा रहेको स्मार्टफोनलाई बुट गर्दा पनि लक भएको स्क्रिन खुल्न सक्छ । यस्तो काम त्यो बेला हुनेछ जतिखेर तपाईले स्क्रिन लक गर्नका लागि कुनै एपको डाउनलोड गर्नुभएको हुन्छ ।

लक भएको आफ्नो मोवाइललाई सेफ मोडमा बुट गर्दा राम्ररी खुल्छ । जब स्क्रिनमा अन–अफ गर्नका लागि बटन दबाइन्छ तब ‘के तपाईं स्मार्टफोनलाई सेफ मोर्डमा बुट गर्न चाहानुहुन्छ ?' भन्ने प्रश्न आउँछ तपाईंले ओके गरेपछि बुट हुनेछ ।

त्यसपछि स्क्रिनको लक गर्ने एप केही बेरका लागि डिसेबल हुन्छ । त्यसलाई एकपटक अनस्टल गरी फोनलाई अफ गरेर अन गर्नुहोस् ।

तपाईंसँग सेमसुङको स्मार्टफोन भएमा ‘फ्लाइड माई मोवाइल' नामको सर्भिस देखिनेछ । यदी तपाईंले सेमसुङ एकाउन्ट सेटअप गर्नुभएको छ भने तपाईंले कुनै ब्राउजरबाट उक्त एकाउन्टलाई लगइन गर्नुपर्ने हुन्छ । लगइन गरेपछि बायाँ तर्फ ‘लक माई स्क्रिन' देखिनेछ ।

त्यहाँ तपाईंले नयाँ पिन राख्नुपर्ने हुन्छ । त्यसपछि ‘लक' लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । त्यसको दुई तीन मिनेटमा तपाईको स्क्रिनको पासवर्ड परिवर्तन हुने छ र आफ्नो डिवाइसले काम गर्न सक्छ । तर, तपाईंले सेमसुङ एकाउन्ट बनाउनुभएको छैन भने यसले काम गर्दैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.