मेसिनबाट धान रोप्न सिकाउँद कृषि कार्यालय

मेसिनबाट धान रोप्न सिकाउँद कृषि कार्यालय

विर्तामोडः जिल्ला कृषि विकास कार्यालय झापाले किसानलाई मेसिनबाट धान रोप्ने प्रशिक्षण दिइरहेको छ । चालू आर्थिक वर्षमा दुईवटा धान रोप्न मेसिन उपलब्ध गराएर कृषि विकास कार्यालय झापाले किसानलाई मेसिनबाट धान रोप्ने प्रविधिबारे जानकारी गराइरहेको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा बुधबार कृषि विकास कार्यालय झापाले कन्काई नगरपालिकामा मेसिनबाट धान रोप्ने प्रविधि किसानमाझ प्रदर्शन गर्र्याे ।

झापाको कन्काई नगरपालिका वडा नम्बर १ स्थित जामुनबारीमा मेसिनबाट धान रोप्ने प्रविधि किसानलाई कृषि विकास कार्यालय झापाले प्रदर्शन गरेको हो।

कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार धान रोप्ने मेसिनले वैज्ञानिक ढंगबाट धान रोप्ने भएकाले धानको उत्पादकत्व बढ्ने बताए ।

धानले खाद्यान्नको प्रमुख हिस्सा ओगटने भएकाले अब मेसिन अनिवार्य भइसकेको उनको भनाई थियो । तिमिल्सिनाले भने, ‘धानको उत्पादकत्व बढाउनका लागि अब मेसिन अनिवार्य भइसक्यो । धानको बेर्नाको रखाईको दूरी बराबर हुने भएकाले धानको उत्पादकत्व अवश्य बढ्छ ।’

धानको उत्पादनका लागि अन्य बालीभन्दा झण्डै दोब्बर स्थान चाहिने कृषि प्राविधिक बताउँछन् । नेपालमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने हुँदा यसको उत्पादनमा हुने उतारचढावले मुलुकको कुल ग्राहस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव परिरहेको उनीहरूको भनाइ छ ।

नेपालको कुल जनसंख्याको ६६ प्रतिशत जनसंख्या कृषिमा आ िश्रत छ । कुल ग्राहस्थ उत्पादनको ३३ प्रतिशत कृषि क्षेत्रबाट प्राप्त हुने अवस्थामा छ । त्यसको करिब २१ प्रतिशत योगदान धानको मात्र रहेको कृषि विकास मन्त्रालयको तथ्यांक छ ।

तर कृषिका लागि दक्ष जनशक्ति अभाव र खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुने क्रम तीव्र भएकाले धानको उत्पादनमा बर्सेनि कमी आउन थालेको छ । विगत केही वर्षदेखि भारत, चीन, बंगलादेशलगायतका देशबाट नेपालमा चामल आयात गर्नुपर्ने बाध्यता छ ।

केही दशकअघि नेपालबाट धान निर्यात हुने गथ्र्यो । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ५५ प्रतिशत जग्गामा धान खेती गरिन्छ । तराईको ६८ प्रतिशत, पहाडको २८ प्रतिशत र उच्च पहाडको ४ प्रतिशत क्षेत्रफलमा धान खेती गरिने कृषि विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कृषि विकास कार्यालय झापाले गोलधाप ६ झापाको भूतेनी खोला जल उपभोक्ता समितिलाई साढे चार लाख रुपैयाँ बराबरको धान रोप्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ ।

सात सय ५५ घरधुरी किसानको सात सय २० हेक्टर क्षेत्रफलमा मेसिनले धान रोपिने उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । मेसिनबाट यो धान रोप्ने बेलामा १० बिघा जग्गामा धान रोपिने त्यस क्षेत्रका किसानले जानकारी दिएका छन् ।

गोल्धापमा किसानलाई मेसिन उपलब्ध गराएको केही समयपछि भद्रपुर १० मा रहेको पहिलो पाइला कृषि सहाकारी संस्थाका किसानलाई समेत अनुदानमा कृषि विकास कार्यालय झापाले धान रोप्ने मेसिन उपलब्ध गराएर धान रोप्न सिकाएको थियो ।

कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार सरकारले मल, बीउ, औजारलगायतमा किसानलाई अनुदान दिएको बताए । वार्षिक २५ अर्बको धान चामल आयातलाई प्रतिस्थापन गर्न सरकारले कृषिको आधुनिकीकरणमा जोड दिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.