नेपाल-भारत प्रबुद्ध बैठक आज

नेपाल-भारत प्रबुद्ध बैठक आज

काठमाडौं: नेपाल-भारत प्रबुद्ध समूह (इमिनेन्ट पर्सन्स ग्रुप) को पहिलो बैठक सोमबार काठमाडौंमा सुरु हुने भएको छ । नेपाल-भारत शान्ति तथा मैत्री सन्धि (सन् १९५०) लगायत द्विपक्षीय सन्धि तथा सम्झौता पुनरावलोकन, अद्यावधिक र आवश्यक परे खारेजसमेत गर्न दुवै देशका सरकारलाई सुझाव दिन गठित उक्त समूहको गठन भएको हो ।

प्रधानमन्त्री केपी ओलीको फागुनमा सम्पन्न भारत भ्रमणमा समूहको औपचारिक गठनको घोषणा गरिएको थियो । नेपाली पक्षको प्रबुद्ध समूहको सचिवालय नारायणहिटीस्थित राहदानी विभागको भवनमा स्थापना गरिएको छ । भारतीय पक्षको प्रबुद्ध समूहको कार्यालय त्यहाँको रक्षा मन्त्रालय मातहतको अर्ध स्वायत्त निकाय इन्स्टिच्युट अफ डिफेन्स अनालाइसिस (आईडीएसए) मा स्थापना भइसकेको छ ।

नेपाल-भारत शान्ति तथा मैत्री सन्धिलगायतका अन्य द्विपक्षीय सहमति र सन्धिबारे समूहले दुवै सरकारलाई दुई वर्षभित्र प्रतिवेदन दिनेछ । समूहका सदस्य एवम् एमाले सांसद डा. राजन भट्टराईले पहिलो बैठकले समूहले आगामी दिनमा गर्ने कामको मोडालिटी तयार गर्ने बताए ।

 

समूहमा नेपालका तर्फबाट पूर्वराजदूत डा. भेषबहादुर थापा, सांसद भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री नीलाम्बर आचार्य सदस्य छन् । त्यसैगरी भारतका तर्फबाट पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र लामा र भुवन उप्रेती तथा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी सदस्य छन् ।

नेपाल र भारतबीचको रानीतिक सम्बन्ध पूर्ण रूपमा सुधार आउन नसकिरहेका बेला समूहको बैठक बस्न लागेको हो । बैठकले सम्बन्ध सुधार ल्याउनसमेत सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.