कृर्षि तालिमको लागि १२ नेपाली कोरिया प्रस्थान
काठमाडौं: कोरिया अन्तराष्ट्रिय सहयोग संगठन(कोइका) को सहयोगमा १२ सदस्यि सरकारी टोली कृर्षी तालीमका लागी आइतबार कोरिया प्रस्थान गरेका छन्।
कोरियामा आयोजना हुने 'एड्भान्स एग्रिकल्चर प्रोडक्सन टेक्नोलोजी एन्ड इनहेन्समेन्ट अफ ग्वोवल कम्पीटीटीभनेस' तालीम कार्यक्रममा सहभागी हुनका लागी टोली कोरिया गएका हुन्। कार्यक्रम आगामी साउन ४ गते सम्म चल्नेछ।
विभिन्न सेक्सनमा आयोजना हुने यो कार्यक्रमको मुख्य उदेश्य गुणस्तरीय कुर्षिजन्य उत्पादन, मासु र दुध प्रसोधनको लागी विशेषज्ञका रुपमा सहभागीलाई विकास गर्नु रहेको छ।
यसबाट नेपालको कृर्षिजन्य उत्पादनलाई विश्वस्थरमा प्रतिप्रधा गर्न सक्ने बनाउन सहयोग हुने कोइकाले जनाएको छ। सन २०१५ बाट सुरुभएको यस कार्यक्रम २०१७ सम्म चल्नेछ। जसबाट ३६ नेपालीले सहाभागीभई कृर्षि सम्बन्धी तालीम हासील गर्ने कोइकाले जनाएको छ।
कोइका नेपालका लागि निर्दशक डा.हङ्क्यो किमले नेपालको कृर्षि क्षेत्रमा देखिएको समस्याको सहजतको लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने बताएका छन्।
उनका अनुसार सहभागीले कार्यक्रममा सिकेका कुरा नेपालका आएर लागू गर्न सक्ने हो भने नेपालको कृर्षि क्षेत्रको विकासमा ठूलो सहयोग पुग्नेछ।