अन बनिन् मिसेस नेपाल
काठमाडौं (अन्नपूर्ण): विवाहित महिलाबीच राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा अनु शर्मा मिसेस नेपाल आइकन २०१६ भएकी छन्।
उनले ३४ प्रतिस्पर्धीलाई पछाडि पार्दै तेस्रो संस्करणको मिस नेपाल आइकन २०१६ को ताज हात पारेकी हुन्। अनुले बेस्ट डिसिप्लेनको उपाधि पनि जितेकी छन्।
एएनपी मिडिया हाउस ललितपुरद्वारा शनिबार आयोजित प्रतियोगितामा तृष्णा प्रधान फस्ट रनर्सअपका साथ बेस्ट पर्सनालिटी र मिसेस फेसन आइकन, सन्ध्या थापा सेकेन्ड रनर्सअपका साथमा बेस्ट स्किन र बेस्ट फिट्नेस, सरस्वती साहनी थर्ड रनर्सअपका साथ बेस्ट डान्सर तथा मुना पौडेल फोर्थ रनर्सअप र बेष्ट स्पिच भए।