चीनले बनायो उडनतस्तरी खोज्ने विश्वकै ठूलो टेलिस्कोप

चीनले बनायो उडनतस्तरी खोज्ने विश्वकै ठूलो टेलिस्कोप

बेइजिङ: चीनमा संसारकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउने काम पुरा भएको छ । १८५ मिलियन डलरमा बनाइएको यो टेलिस्कोपमा ४ हजार ५ सय प्यानल लगाइएको छ ।

यो टेलिस्कोपबाट उडनतस्तरी अर्थात एलियन्सको उपस्थितिबारे पत्ता लगाउन सकिनेछ । ५ सय मिटरको गोलाकार टेलिस्कोपको अन्तिम प्यानल हालै जडान गरिएको छ।

चीनको राज्य नियन्त्रित टेलिभिजन सीसीटीभीका अनुसार आगामी सेप्टेम्बरबाट यसले आफ्नो काम थाल्नेछ । १८५ मिलियन डलरमा बनेको यो टेलिस्कोप दक्षिण पश्चिम चीनको गुईझोऊ प्रान्तमा लगाइएको हो ।

१.६ किलोमिटर डायमिटर भएको यो टेलिस्कोपमा ४ हजार ५ सय वटा प्यालन जडान गरिएको छ । यो टेलिस्कोप ३० वटा फुटबल ग्राउन्ड जत्रै रहेको छ।

यो टेलिस्कोपले काम गर्न थालेपछि यसबाट अन्तरीक्षमा १ हजार प्रकाश वर्ष टाढासम्मका ताराकोबारेमा सूचना संकलन गर्न सम्भव हुनेछ ।

चीनले यो परियोजना मार्च २०११ मा शुरु गरेको थियो । यसलाई पुरा गर्ने अन्तिम मिति सन् २०१९ सेप्टेम्बरसम्मको थियो । तर यसलाई समयअगावै बनाउने काममा चीन सफल भएको हो ।

टेलिस्कोपको ५ किलोमिटर दायरामा रहने ९ हजार मानिसलाई त्यहाँबाट अन्यत्र सारिएको छ । अहिलेसम्म उत्तरी अमेरिकाको पोर्टो रिकोमा रहेको एरेसिबो अब्जर्भेटरी नै विश्वकै सबैभन्दा ठूलो टेलिस्को थियो । यसको डायमिटर ३ सय मिटरको छ ।

चिनियाँ बैज्ञानिकहरुका अनुसार नयाँ टेलिस्कोपबाट चीनले अन्तरीक्षलाई अझ नजिकबाट बुझ्न र अध्ययन गर्ने क्षमतामा बृद्धि हुने बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार यो टेलिस्कोपले कम्जोर रेडियो सिग्नललाई पनि सजिलै पक्रन सक्नेछ । यसका अलाबा अन्तरीक्षका अहिले नदेखिएका भागमा जीवनको उपस्थिति भए नभएको पत्ता लगाउन पनि यो टेलिस्कोपले सहयोग गर्ने छ ।

 

अर्कातिर अमेरीकी अन्तरीक्ष एजेन्सी नासाको योजनामा अन्तरीक्षमा अहिलेसम्मको सबैभन्दा ठूलो दूरबिन लगाउने रहेको छ । जसले लाखौं माइल टाढासम्म जीवनको सम्भवनाको पत्ता लगाउन सकियोस ।

अत्याधुनिक प्रविधियुक्त लार्ज अपर्चर स्पेस टेलिस्कोप (एटीएलएसटी) यति ठूलो हुनेछ कि रकेटको मद्दत लिन नसकिने भएकाले यसलाई सिधै अन्तरीक्षमा तयार गरिँदैछ ।

यस कामका लागि चाँडै नै अन्तरीक्षमा लाखौं माइल टाढा अन्तरीक्षयात्रीको टीम पठाउने तयारी नासाले गरेको छ । नासाले यो परियोजना सन् २०३० सम्म पुरा गर्ने भएको छ। यो टेलिस्कोपले ग्रहको वायुमण्डल र ३० प्रकाश वर्ष टाढासम्म सौर्य प्रणालीको पनि विश्लेषण गर्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.