रिलायबलको बैंकको साधारण सभा

रिलायबलको बैंकको साधारण सभा

काठमाडौं: रिलायबल डेभलपमेन्ट बैंक लिमिटेको १० औं साधारणसभा बैंकका अध्यक्ष राधेश्याम अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट एक सय पाँच प्रतिशत बोनस सेयर तथा पुँजी वृद्धिका लागि बोनस सेयर पश्चात एक बराबर एक हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

यसका साथै बैंकले एक सय ९५ प्रोमोटर सेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको पाँच सय १५ र सर्वसाधारण समूहको चार सय ९५ सेयर स्वामित्व कायम गर्ने भएको छ।

बैंकको निक्षेप आठ अर्ब १२ करोड र कर्जा लगानी ६ अर्ब ५८ करोड छ। साथै बैंकले असार मसान्त भित्र तनहुँको डुम्रेमा शाखा सञ्चालनमा ल्याउने समेत जनाएको छ।

बैंकले सहायक संस्थाका रूपमा रिलायबल क्यापिटल समेत छिट्टै सञ्चालन ल्याउनको लागि सबै तयारी भइरहेको जनाएको छ।

बोनस पश्चात ७८ करोड चुक्ता पुँजी रहेको यस बैंकले अधिकृत पुँजी वृद्धि गरी तीन अर्ब पुर्‍याउने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.