जगदम्बा सिमेन्टको होम इन्सुरेन्स योजना सम्पन्न

जगदम्बा सिमेन्टको होम इन्सुरेन्स योजना सम्पन्न

काठमाडौं: जगदम्बा सिमेन्ट प्रालिले केही समय अगि सञ्चालनमा ल्याएको 'होम इन्सुरेन्स' योजना यही असार ३१ गतेबाट बन्द हुने भएको छ।

यस योजना अनुसार जगदम्बा सिमेन्टको कुनै पनि उत्पादनको ५० बोराभन्दा माथिको खरिदमा ग्राहकलाई कम्पनीको तर्फबाट एक करोड ५० लाखसम्मको घर बिमा सुविधा उपलब्ध गराएको थियो।

'मजबुती र बिमा सुरक्षा दुई गुणा' नाराका साथ ल्याइएको उक्त योजना यही असार ३२ गतेदेखि अन्त हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यही असार ३२ गते पश्चात कम्पनीको कुनै पनि उत्पादनको लोडिङमा यसअघि उपलब्ध हुँदै आएको कुनै पनि कुपन नआउने तर डिलर तथा उपभोक्ताको मातहतमा रहेका कुपनको हकमा भने असर ३१ गतेसम्म सो मान्य हुने जनाएको छ।

साथै कम्पनीका अनुसार यस योजनामा सहभागी तथा भावी दिनमा सहभागी जनाउने उपभोक्ताले यस योजना अन्र्तगत उल्लेखित मितिभित्र आफ्नो घरको बिमा गर्न सक्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.