जुत्ताको समर सेल सुरु

 जुत्ताको समर सेल सुरु

काठमाडौं : नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला सोमबारबाट सुरु भएको छ।

नेपाली जुत्ताघरको आयोजनामा नेपाली जुत्ता चप्पलको बृहत्त समरसेल मेला सुरु भएको हो।

नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, नमस्ते सुपरमार्केट, बुद्ध मल बालाजुस्थित आफ्नै बिक्री कक्षमा आजदेखि स्टक रहुन्जेलसम्मका लागि यो योजना सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

समरसेल मेलाको उद्देश्य नेपाली जुत्ता उद्योगबाट उत्पादित गुणस्तरीय जुत्ता चप्पल निश्चित समयका लागि ७० प्रतिशत सम्मको विशेष छुट र विशेष सहुलियतसहित आश्चर्यजनक प्रतिस्पर्धी मूल्यमा बिक्री गर्नुका साथै नेपाली जुत्ता चप्पलको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलको आयात न्युनीकरण गर्न सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

 

मेलामा कम्पनीका गुणस्तरीय एवं आकर्षक जुत्तालाई विशेष छुटका साथ बिक्रीमा राखिएको छ।यो समर सेल मेलामा नेपालका चर्चित ब्रान्ड: शिखर सुज, बीएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर वि·स, टाकुरा सुज, इजी सूज र शुल्यान्ड गरी १० वटा ब्रान्डका जुत्ताचप्पल बिक्री गरिनेछ।

साथै मेलामा उल्लेखित ब्रान्डका आकर्षक एवं गुणस्तरीय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुट, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्यान्डल उपलब्ध हुनेछ।

आयोजकले मेलमा एक लाख ५० हजार ग्राहकले अवलोकन गर्नुका साथै करिब ५० हजार जोर जुत्ता चप्पलको बिक्री हुने अनुमान गरेको छ।

कार्यक्रममा जुत्ता घरले गत वर्षको दसैं तिहारलाई लक्षित गरी लागू गरेको स्क्रयाचमा मनी, बम्परमा बाइक धनी उपहार योजनाको बम्पर लक्की ड्र को घोषण समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.