नासाको जुनो भूउपग्रह वृहस्पतिमा पुग्यो

नासाको जुनो भूउपग्रह वृहस्पतिमा पुग्यो

एजेन्सी: नासाले पठाएको जुनो भूउपग्रह सबैभन्दा ठूलो गृह वृहस्पतिमा प्रवेश गरेको छ। पाँच वर्षको अथकप्रयासपछि सौर्य परिवारमा रहेको ठूलो ग्रहमा जुनो भूउपग्रहरले सफलतापूर्वक प्रवेश पाएको नासाले जनाएको छ।

नासाका अनुसार 'जुनो भूउपग्रह' वृहस्पतिको कक्षमा पुगेको ३५ मिनेटमै इन्जिनमा आगो लागेको थियो। त्यो जलेको पूरै भाग पृथ्वीमा सोमबार आइपुगेपछि 'जुनो भूउपग्रह' वृहस्पतिमा पुगेको प्रमाणित भएको थियो।

'जुनो भूउपग्रह' वृहस्पतिमा पुगेपछि नासाको कन्ट्रोल रुममा कार्यरत वैज्ञानिकहरुले खुसियाली मनाएका छन्। उनीहरुले अमेरिकाको अर्को जन्म भएको बताएका छन्।

नासाका प्रशासन प्रमुख चार्ली बोल्डनले भनेका छन्, 'स्वतन्त्रताको खुसी हामी कहिलेकाहीँ मनाउँछौ । जुन वृहस्पतिमा पुगेको दिन आज अमेरिकाको पुनर्जन्म भएकोले ठूलो खुसी भित्रेको छ।'

उनका अनुसार जुनोले वृहस्पतिमा पुगेपछि त्यहाँको वातावरणबारे अनुसन्धान गर्ने, नयाँ कुराको खोजी गर्ने र विकिरणको अवस्थाबारेमा पत्ता लगाउने मात्र नभइ यसको उत्पति र हाम्रो सौर्यप्रणाली सञ्चालनबारे खोज गर्नेछ। यसका साथै जुनोले प्राप्त गरेको सम्पूर्ण सूचना आफ्नो ल्याब्रोटोरी कन्ट्रोल रुममा पठाउने नासाले जनाएको छ।

यता, 'जुनो भूउपग्रह' का प्रोजेक्ट म्यानेजर रिक निब्याकेनले 'जुनो भूउपग्रह' वृहस्पतिमा पुगेर उत्कृष्ट काम गर्ने दाबी गरेका छन्। उनले भनेका छन्, 'जुनोले राम्रो काम गर्नेछ, जसरी तपाईँले आफू चढेको गाडीलाई सही बाटोमा लिएर जानुहुन्छ।'

उनका अनुसार यो उपग्रह वृहस्पतिमा जानु नै सबैभन्दा गौरवको विषय हो । उनले आफ्नो टीमलाई अनुसनधानको काम गर्न त्यतिकै चुनौती पनि उत्तिकै रहको छ। उनले भनेका छन्,'हामी वैज्ञानिकहरुले खोजिरहेको र जान्न चाहेको विषयबारे चाँडै नै जानकारी दिनेछौँ।'

उनका अनुसार अर्को महिना, 'जुनो' मिसन र वैज्ञानिकको टीमले संयुक्तरुपमा यसको कामको मूल्यांकन गर्नेछ। यसका साथै वैज्ञानिक उपकरणहरुबारेमा पनि अनुसन्धान हुनेछ।

नासाले सन् २०११, अगस्ट महिनामा 'जुनो स्पेशक्राफ्ट'लाई फ्लोरिडाबाट १ अर्ब १० करोड अमेरिकी डलर खर्चमा पठाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.