आई पे र मेगा बैंकबीच सम्झौता सम्पन्न
काठमाडौं: आई पे रिलायबल रेमिटेन्सन्स र मेगा बैंक नेपाल लिमिटेडबीच रेमिटेन्स सम्झौता भएको छ।
योसँगै विदेशबाट आई पेमार्फत पठाएको पैसा मेगा बैंक नेपाल लिमिटेडका सम्पूर्ण शाखाबाट ग्राहकले आफूलाई पायक पर्ने स्थानबाट भुक्तानी लिन सक्नेछन्।
विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिटेन्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेसिया, युएई, बेलायत, अस्ट्रेलिया, जापानलगायत नेपाली कार्यरत सबैजसो मुलुकबाट विभिन्न रेमिटेन्स कम्पनीसँग सहकार्य गरी नेपालमा भित्र्याउँदै आएको छ।
आई पे रिलायबल रेमिटेन्सका नेपाल भर तीन हजार पाँच सयभन्दा बढी भुक्तानी काउन्टर रहेका छन्।