कुमारी बैंक र सम्सारा रेमिटबीच सम्झौता
काठमाडौं: कुमारी बैंक लिमिटेड र सम्सारा रेमिट प्रालिबीच विप्रेषण सम्झौता भएको छ।
सम्झौताअनुसार सम्सारा रेमिट प्रालिमार्फत विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना हजारभन्दा बढी कुमारी रेमिट ऐजन्टमार्फत सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्नेछ।
सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्याय जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्।