साइबर सुरक्षाबारे समृद्धि कलेजमा सचेतना

साइबर सुरक्षाबारे समृद्धि कलेजमा सचेतना

काठमाडौं: नेपालमा बढिरहेको साइबर सुरक्षाबारे समृद्धि कलेज लोकनथलीका विद्यार्थीहरुलाई सचेतना गराइएको छ। सिएएसआइ नेपालले आयोजना गरेको सचेतना कार्यक्रममा समृद्धि कलेजमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए।

कार्यक्रममा विद्यार्थीहरुलाई लक्षमण भट्टराई, चिरन्जीवी अधिकारी र विकास खड्काले साइबर सुरक्षाबारे जानकारी दिएका थिए। उनीहरुले नेपालमा साइबर अपराध समयस्या रहेको भन्दै यसबाट बच्न सबैभन्दा पहिले सर्भर सुरक्षामा ध्यान दिनु पर्ने बताए। कार्यक्रममा लक्षमण भट्टराईले साइबर अपराध अन्जानमा वा जानी जानी हुने गरेकाले कम्पयुटर चलाउँदा आफूलाई आवश्यक फाइल मात्रै खल्ने र नजानेका फाइल, उपहार पाउने लगायतका फ्रड फाइलमा क्लिक खोल्ने काम नगर्न आग्रह गरे।

उनले नेपालमा साइबर अपराधको घटना बढी सामाजिक सञ्जाल फेसबुकबाट, इमेल फ्रडबाट, लटरीको नाममा हुने गरेको बताए। यस्तै चिरन्जीबी अधिकारीले साइबर सुरक्षा अहिलेको आवश्यकता रहेको भन्दै यसलाई पहिले विद्यार्थीहरुले नै बुझ्नुपर्ने बताए।

 

उनले समाजमा ज्योति फेलाउने विद्यार्थीले साइबर सुरक्षाबारे बुझाउन उपर्युक्त माधयम भएकाले यसलाई देशभरको विद्यार्थीमाझ पुर्याउने लक्ष्य रहेको बताए।

उनले नेपालका ७० प्रतिशत वेबसाइटहरु साइबर आकरमणको निसानामा पर्ने गरेको बताए। साइबर अपराधबाट बच्न आफ्नो एडमिनको पासवर्ड बलियो गर्नुपर्ने र भाइरसबाट सधै फाइल ब्याकअप राख्नुपर्ने बताए।

यस्तै सम्रिद्धि कलेजका प्रमुख सन्दीप श्रेष्ठले साइबर सुरक्षा नेपालको लागि चुनौतीको विषय बनिरहेका बेला यसबारेमा सबै सजग रहनु अहिलेको आवश्यकता रहेको बताए। उनले यसबारेमा समृद्धि कलेजमा जनचेतनामूलक सन्देश सम्प्रेशन गरिदिएकोमा सिएसआइटी टीमलाई विशेष धन्यवाद दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.