तरकारी बारीमा भेटियो ५० किलोको अजिंगर

तरकारी बारीमा  भेटियो ५० किलोको अजिंगर

एजेन्सी: चीनको दक्षिण पश्चिम शहरको एक तरकारी बारीमा ५० किलो तौल भएको अजिंगर भेटिएको छ। सिचुवान प्रान्तको पान्झिहुवा शहरमा रहेको तरकारी बारीमा शुक्रबार बिहान विशाल अजिंगर भेटिएको हो।

तरकारी बारीमामा भेटिएको उक्त अजिंगरको लम्बाई ४.२ मिटर लामो रहेको छ। बगैचाका मालिकले अजिंगर गौथलीको बचेराहरु खान आउने गरेको बताएका छन्।

उनका अनुसार अजिंगर पहिले देखिनै आउने गरेको तर यसपटक भने निकै लामो आएकाले घुम्न आएकाहरु सबै डराएपछि प्रहरीलाई खबर गरेको बताएका छन्।

प्रहरीहरुले करीब २ घन्टा लगाएर उक्त लामो अजिंगरलाई आफ्नो नियन्त्रणमा लिएका छन्। यता, विज्ञका अनुसार यो अजिंगरलाई बर्मिसे भनेर चिन्ने गरिन्छ जुन संसारकै ६ लामो सर्पमध्ये एकमा पर्छ।

यो अजिंगर विषालु भने हुँदैनन् तर धेरै रिसाहा स्वभावको हुने गरेको विज्ञको भनाई छ। एजेन्सी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.