अर्घाखाँची सिमेन्टद्वारा वृक्षरोपण
काठमाडौं: अर्घाखाँची सिमेन्ट प्रालिले अर्घाखाँचीको खाँचीकोट गाविसमा वृक्षरोपण गरेको छ।
कम्पनीले संस्थागत सामाजिक कार्यअन्तर्गत वातवरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई दुई हेक्टरभन्दा बढी जग्गामा एक हजार बिरुवा रोपेको जनाएको छ।
कम्पनीले व्यवसाय, उद्योगलाई समाजसँग जोड्न विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ। वृक्षारोपण कम्पनीका महाप्रबन्धक महेन्द्र रावलको नेतृत्वमा सम्पन्न भएको थियो।
महाप्रबन्धक रावलले स्थानीय स्तरमा वातावरण संरक्षण अभियानलाई सहयोग गर्न वृक्षरोपण गरिएको बताए। उनले अर्घाखाँची सिमेन्ट वातावरणीय सन्तुलन कायम गर्न प्रयासमा लागिरहने पनि बताए।