भोटेकोशीले निम्त्याएको त्रास (फोटो फिचर)
काठमाडौं: नेपाल चीन सीमा क्षेत्रबाट दुई किलोमिटर उत्तरमा रहेको चिनियाँ क्षेत्रमा गएको पहिरोले भोटेकोशी थुनिएपछि स्थानीयबासीलाई त्रसित बनायो।
मंगलबार राति गएको पहिरोले थुनेको भोटेकोशीमा बाढी आएपछि सिन्धुपाल्चोकको बाह्रबीसे, तातोपानी र दशकिलो क्षेत्रका बासिन्दाबीच भागाभाग भएको थियो।
भोटेकोशीमा मध्यराति एक्कासी बाढी आउँदा सीमाक्षेत्रमा एक विद्यालयसहित २१ घर बगाएको छ। बाढीले भोटेकेशी जलविद्युत आयोजनाको ड्याम बगाउनुका साथै उत्पादन गृहमा समेत क्षति पुर्यायो। हेरौ फोटो पत्रकार दिनेविक्रम शाहले स्थलगत भ्रमणमा पुगेर क्यामरामा कैद गरेका केही तस्बिरहरु।