आफ्नै शरीरमा मट्टितेल खन्याउँदा मृत्यु
काठमाडौं: घरायसी विवादका क्रममा आफैले शरीरमा मटितेल खन्याई आगो लगाउँदा जलेर गम्भीर घाइते भएकी सर्लाही लालबन्दीकी बबिता विकको मृत्यु भएको छ।
कुलेश्वर डेरा गरी बस्ने विकले सोमबार राति घरायसी विषयलाई लिएर शरीरमा मटितेल खन्याएर आगो लगाएकी थिइन्।
कीर्तिपुर अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बबिताको शरीरमा लागेको आगो निभाउने क्रममा उनका पति दीपक विक र १० वर्षीय छोरा मिलन विक घाइते भएका थिए।