धुर्मुस-सुन्तली फाउन्डेसनलाई बैंक अफ काठमान्डूको सहयोग
काठमाडौं: बैंक अफ काठमान्डूले भूकम्पपीडितको आवास निर्माणमा सक्रिय धुर्मुस-सुन्तली फाउन्डेसनलाई पाँच लाख नगद सहयोग गरेको छ।
रकम बैंकका प्रमुखकार्यकारी अधिकृत अजय श्रेष्ठले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई मंगलबार हस्तान्तरण गरेका छन्।
फाउन्डेसनले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गिरान्चौरमा भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती पुनर्निर्माण अन्तर्गत ६५ वटा घर बनाउने क्रममा छ।
फाउन्डेसनले यसअघि काभ्रेमा २० वटा घर निर्माण गरी भूकम्पपीडितलाई उपलब्ध गराइ सकेको छ।
सहायता उपलब्ध गराउँदै प्रमुखकार्यकारी अधिकृत श्रेष्ठले बैंकिङ सेवाका अतिरिक्त अन्य उपयोगी सामाजिक काममा पनि सहयोग पुर्याउँदै आएको जनाए।
उनले बैंकले यसलाई भविष्यमा पनि निरन्तरता दिने बताएका छन् । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सहयोगका लागि बैंक प्रतिआभार व्यक्त गरेको बैंकले जनाएको छ।