अल्ट्रा एचडी टीभीमा जोड दिँदै एलजी
काठमाडौं: एलजी इलेक्ट्रोनिक्सको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आउँदो रियो ओलम्पिक र २०१८ को विश्वकप फुटबलका लागि ठूला स्क्रिन भएको अल्ट्रा एचडी टीभीमा जोड दिने भएको छ।
यसपाली भएको युरो कप २०१६ मा ग्राहकले अल्ट्रा एचडी टीभीमा देखाएको रुचिलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यसलाई प्राथामिकता दिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार युरो कप २०१६ मा ४२ इन्चभन्दा माथिका टीभी र विशेषगरी ४९, ५५ र ६० इन्च का टेलिभिजनको बढी माग थियो।