फ्यान्टा लेमनको 'लेमनी चट्का' स्वाद
काठमाडौं: कोका कोला नेपाल कम्पनीले लेमन स्वादको लोकप्रिय फ्यान्टा ब्रान्डको फ्यान्टा लेमन पुनस् अनावरण गरिसकेको छ। 'लेमनी चट्का' स्वादमा ल्याइएको यो ब्रान्डले अब टेलिभिजन क्याम्पेन सार्वजनिक गर्ने भएको छ।
यसले उपभोक्तालाई फ्यान्टा लेमनको तीखो स्वाद चखाउन उत्सुक बनाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उपभोक्ताले पहिलो पटक फ्यान्टा लेमनको स्वाद चाखेको सुनिश्चित गर्नका लागि यसअघि नै ४२ हजार प्याकसहितको उत्पादन नमुना लिईएको थियो।
साथै कम्पनीले बब्ली फ्यान्टाका प्रेमीका लागि ६५ रुपैयाँकोे आकर्षक मूल्यमा फ्यान्टाको 'अन द गो' पनि ल्याएको छ। यो नेपालभरका परम्परागत आउटलेटका साथमा बिग मार्ट, सेल्सवेज् र मेगामार्टजस्ता आधुनिक रिटेल आउटलेटमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।