स्ट्यान्डर्ड चाटर्डका डेभिड् हावस नेपालमा
काठमाडौं: स्ट्यान्डर्ड चाटर्ड गु्रप अन्र्तरगत फाइनान्ससिएल क्राइम कम्प्लाएन्स(एफसीसी) का उप प्रमुख नेपाल आएका छन्।
बैंकको रणनीति निमार्णदेखि लिएर एफसीसीमा सहयोग गर्दै आएका हावस यो भन्दा पहिले एससीबीका होलसेल बैंकिङका लागि एफसीसी ग्वोबल हेड समेत भइसकेका छन्।
नेपालको भ्रमणमा हावसले नियामक र वित्तीय अपराध अनुसन्धान अधिकारीसँग भेटघाट गर्नुका साथै आन्तरिक बैंठकमा समेत सामेल भई बैंकका कर्मचारीबीच छलफल समेत गर्ने बैंकले जनाएको छ।
उनी कमर्सियल बैंकका लागि एसीबी गु्रपको आयोजना यही जुलाइ २८ गते हुने करसपोन्डेन्ट बैंकिङ एकेडेमी कन्ट्री वर्कसपको तयारीबारे बुझ्न नेपाल आएको बैंकले जनाएको छ।