सामसङले एसयूएचडी टीभी ल्याउने

सामसङले एसयूएचडी टीभी ल्याउने

काठमाडौं: सामसङ इन्डिया इलेक्ट्रोनिक्स लिमिटेडले नेपाली बजारमा नयाँ एसयूएचडी टीभी ल्याउने भएको छ।

क्वान्टम डट डिस्प्ले एराका साथ कम्पनीले एसयूएचडी टीभी ल्याउने भएको हो। दास्रो पुस्ताका लागि निमार्ण गरिएको क्वान्टम डट टेक्नोलाजी भएको यो टीभी कम्पनी अघिल्लो वर्षमात्रै लन्च गरेको थियो। त्यसका विभिन्न फिचरमा थप गर्दै कम्पनीले नेपाली बजारमा ल्याउन लागेको जनाएको छ।

कम्पनीका अनुसार क्वान्टम डट टेक्नोलाजी उत्कृष्ट हुनुका साथै लामो समयसम्म टिक्नेछ। यसले गुणस्तरीय पिक्चर हेराइको अनुभव प्रदान गुर्नेछ। टीभी निमार्णको बजारमा भर्खरै मात्र प्रयोग गरिएको यो क्वान्टम डट प्रविधिले उत्कृष्ट पिक्चर क्वालिटीका लागि विश्वबजारमा नाम कमाइसेकेको छ।

कम्पनीले अहिले बजारमा 'यूए ५५ केएस ९०००' र 'यूए ६५ केएस ९०००' गरि दुईवटा मोडल बजारमा ल्याउने तयारी गरेको छ। त्यसका लागि कम्पनीले १२ जुलाईदेखि १२ अगस्टसम्म प्रि-बुकिङ योजना पनि ल्याएको छ। प्रि-बुकिङमा ग्राहकले टीभीमा विभिन्न फ्रि उपहार पनि पाप्त गर्नेछन्।

कम्पनीका अनुसार 'यूए ५५ केएस ९०००' बजार मूल्य चार लाख १९ हजार रुपैयाँ निर्धारण गरेको छ , यसमा ग्राहकले निःशुल्क रूपमा सामसङ ग्यालेक्सी ७ का साथै सामसङ गियर भीआर प्राप्त गर्नेछन्।

६ लाख २९ हजार मूल्य तोकिएको 'यूए ६५ केएस ९०००' मोडल टीभीको खरिदमा ग्राहकले निःशुल्क रूपमा सामसङ ग्यालेक्सी ७ एजका साथै सामसङ गियर भीआर प्राप्त गर्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.