सोसाइटीको वीरगन्ज शाखा स्थानान्तरण
काठमाडौं: सोसाइटी डेभलपमेन्ट बैंकले वीरगन्ज शाखा कार्यालय वीरगन्ज उपमहानगरपालिकाको वडा नं. १३ आदर्शनगरस्थित बैंकको नवनिर्मित भवन सोसाइटी कम्प्लेक्समा स्थानान्तरण गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले उक्त कार्यक्रमको उद्घाटन गरेको छन् ।
सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञानुकृष्ण अधिकारीले कार्यक्रममा उपस्थित अतिथि तथा ग्राहकमाझ नवनिर्मित आफ्नै भवनबाट कारोबार गर्न पाँउदा खुसी लागेको बताए । बैंकले व्यावसायिक एवं व्यापारिक दृष्टिकोणले उपयुक्त देखिएको सो स्थानबाट बैंकिङ कार्यलाई सुरक्षित र भरपर्दो रूपमा थप विस्तार गर्ने जनाएको छ ।