अन्नपूर्णको बम्पर उपहारः फुल्ली फर्निस बङ्लो वा एक करोड २५ लाख
काठमाडौँ: अन्नपूर्ण पोष्ट दैनिकले साप्ताहिक, मासिक र वार्षिक आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । वर्षभरीको उत्कृष्ट बम्पर उपहार अन्तर्गत बस्नलाई तयारी अवस्थामा रहेको (फुल्ली फर्निस बङ्लो) अर्थात् एक करोड २५ लाख एक भाग्यशाली ग्राहकले पाउनेछन् ।
वार्षिक ग्राहक योजना अन्तर्गत बम्पर उपहारका लागि २०७२ माघ १ गतेदेखि ०७३ पुस मसान्तसम्म वार्षिक ग्राहक बनेको हुनुपर्ने छ । पुराना ग्राहकले समेत नविकरण गरेर बम्पर उपहारमा सहभागिता जनाउन पाउनेछन् ।
चितवनको यज्ञपुरीमा रहेको बस्नका लागि पूर्ण तयार बंगला पाउने ग्राहकले घर नलिए एक करोड २५ लाख नगद पाउनेछन् ।
मासिक ग्राहक योजना
त्यस्तै, अन्नपूर्णको ग्राहक योजना अन्तर्गत हरेक महिना एकजना ग्राहकले ‘बजाज प्लाटिना’ मोटरसाइकल उपहार प्राप्त गर्नेछन् ।
साप्ताहिक ग्राहक योजना
साप्ताहिक ग्राहक योजना अन्तर्गत भने हरेक साता एकजनाले घरायसी सामाग्री पाउनेछन् । घरायसी सामाग्रीमा फ्रिज, राइसकुकर, आइरन लगायत अत्यावश्यक सामाग्री उपहार राखिएको छ ।
ग्राहकका लागि अन्य सुविधा
सबै ग्राहकले स्क्याच कार्ड मार्फत् पाँच सयमाथि सतप्रतिशत नगद छुट पाउने छन् । सँगै स्मार्ट फोन, ल्यापटप, सपिङ भौचर, ३२ इन्चको एलइडी टिभी, फ्रिज लगायतका उपहार पाउनेछन्।
अन्नपूर्ण बम्पर उपहार पर्ने भाग्यशाली एक वार्षिक ग्राहकले पाउने बङ्लो भिडियोमा हेर्नुहोस्ः