एचआइभी सङ्क्रमित दीक्षालाई अन्तर्राष्ट्रिय अवार्ड

एचआइभी सङ्क्रमित दीक्षालाई अन्तर्राष्ट्रिय अवार्ड

रत्ननगरः आफैँ एचआइभी सङ्क्रमित भएर पनि अरु सङ्क्रमितको हितमा काम गर्दै आएकी चितवनकी दीक्षा रिमाललाई १० हजार डलरसहितको अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ।

दक्षिण अफ्रिकामा बुधबार एक कार्यक्रमका बीच नेपालबाट प्रतिस्पर्धी २० जनालाई उछिन्दै रिमालले अन्तर्राष्ट्रिय ‘रेड रिवन अवार्ड २०१६' प्राप्त गरेकी हुन।

आफैँ सङ्क्रमित भएर सङ्क्रमितको क्षेत्रमा गरेको योगदानको कदर स्वरुप २१औँ अन्तर्राष्ट्रिय एड्स सम्मेलन २०१६ को अवसरमा यसरी सम्मान गरिएको जिल्ला एड्स समन्वय समिति चितवनका पूर्वसंयोजक एवम् जिविस चितवनका सामाजिक विकास अधिकृत रामहरि न्यौपानेले जानकारी दिए।

दीक्षा श्रीमानबाट एचआइभी सङ्क्रमित भई एक दशकदेखि सहज जीवनयापन गर्दै आएकी छन्। नियमित औषधि लिए एचआइभी सङ्क्रमितको जीवन पनि अन्य सामान्य मानिससरह नै हुन्छ भन्ने उदाहरण रिमाल हुन्।

एचआइभी लागेका मानिस खुल्न नसकेका बेला उनकै प्रयासमा धेरै सङ्क्रमित अहिले बाहिर आएका छन्। उनले २०६२ सालमा चितवन सक्रिय महिला प्रतिष्ठान नामक सामाजिक संस्था नै स्थापना गरी ३४ जनालाई रोजगारी समेत दिँदै आएकी छन्।

प्रतिष्ठानले एचआइभी परीक्षण, हेरचाह, उपचारमा सहयोग, परामर्श र महिला अधिकारका लागि लड्दै आएको छ।

उनले ७५ जना एचआइभी सङ्क्रमित बालबालिकालाई समेत आश्रय दिँदै आएको न्यौपानेले बताए।

रिमालले यसअघि सङ्क्रमितको केस स्टडी पुरस्कार र सन् २००५ को मिसेस एचआइभी स्टीमा फ्रि कन्टेस्ट अवार्ड समेत पाएकी थिइन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.