डा. केसीका मागबारे सरकारी टोलीसँग वार्ता

डा. केसीका मागबारे सरकारी टोलीसँग वार्ता

काठमाडौं: १२ दिन देखि  त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीका सर्मथक र सरकारी टोलीबीच वार्ता जारी छ । स्वास्थ्य मन्त्रालयमा जारी वार्तामा डा. केसीले उठाएका मागका विषयमा छलफल भइरहेको छ ।

वार्तामा सरकारकातर्फबाट स्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेती, शिक्षा सहसचिव डा लबदेव अवस्थी, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी सहभागी छन् भने केसीका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झा, डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, डा. स्नेहबन्दु रेग्मी र चिकित्साशास्त्रका विद्यार्थी सुमन आचार्य छन् ।

रेजिडेन्ट चिकित्स आन्दोलनमाः आकस्मिक बाहेकका सेवा ठप्प
अनशनरत प्राध्यापक डा. केसीको माग पुरा गर्न सकारले चासो नदेखाएको भन्दै शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेका छन् ।

सोमबार देखि ओपीडी सेवा बहिष्कार गरेका उनीहरुले बिहिबार आकास्मिक सेवा बाहेकका सबै सेवा नदिएका हुन । ५० प्रतिशत भन्दा बढी सेवा रेजिडेन्ट चिकित्सकको भरमा चल्ने अस्पतालमा उनीहरुले काम छोडेपछि विशेषज्ञ चिकित्सकलाई सेवा दिन हम्मेहम्मे परेको छ ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा अनशन र आन्दोलन छ भन्ने सन्देश व्यापकरुपमा प्रचारपसार हुँदा जाँच गर्न जाने बिरामीको संख्या समेत घट्दै गएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. दिपक महराले रेजिडेन्टले काम छोड्दा त्यसलाई आपतकालिन अवस्थाको रुपमा लिँदै जाँच गर्न आएका कुनै पनि बिरामीलाई त्यसै नपठाएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.