गणित पढाउने तरिका बुझ्न नेपाली शिक्षक जर्मनी जाँदै

गणित पढाउने तरिका बुझ्न नेपाली शिक्षक जर्मनी जाँदै

काठमाडौंः विश्वमा अध्यापन भइरहेको गणित शिक्षाको विकास विस्तारका लागि आयोजना हुन लागेको अन्तराष्ट्रिय गणित सम्मेलनमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली जर्मनी जाने भएको छ ।


सम्मेलनमा भाग लिनका लागि दीपेन्द्र बुढाथोकी, बिनोदप्रसाद पन्त, निलम श्रेृष्ठ, दिवस शाक्य, टिकाराम पोख्रेल, रमेश न्यौपाने, सागर दाहाल, सन्तोष पौडेल, दुर्गा ढकाल, संस्कार ढकाल र तोयानाथ शर्माको टोली तयार पारिएको छ ।


आगामी साउन ९ गतेदेखि १६ गते अर्थात २४ जुलाईदेखि ३१ जुलाईसम्म जर्मनीको हमबोर्कमा हुने सम्मेलनमा विश्वमा गणित विषयको अध्ययन अध्यापन विधि, गणित अध्यापनमा एकरुपता ल्याउने विषय छलफल हुने छ ।


सम्मेलनमा विश्वका चार हजारभन्दा बढीको सहभागिता रहनेछ । त्यसमध्ये एक हजार नौ सय ५२ जनाले कार्यक्रम प्रस्तुत गर्नेछन् ।


सम्मेलनमा गणित अध्ययन अध्यापनलाई सहयोग पुर्‌याउने गरी तयार पारिएका पोस्टरका बारेमा पाँच सय ३० जनाले प्रस्तुती गर्नेछन् । नेपालबाट सहभागी भएर जाने ११ जनामध्ये आठ जनाले कार्यक्रम र तीनजनाले पोस्टर प्रस्तुत गर्ने टोलीमा सहभागी दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।
सम्मेलनका क्रममा विभिन्न ५४ वटा बेग्लाबेग्लै समूह बनाएर प्रत्येक समूहअनुसारको प्रस्तुती देखाइने छ ।


टोलीका सहभागी ग्यासियर इन्टरनेसनल कलेजका दिवस शाक्यले पनि विश्वव्यापी गणित सम्मेलनमा नेपालले सहभागिता लिएर प्रस्तुती गर्नपाउनु खुसीको कुरा भएको बताउँदै आफूहरुले अन्तर्राष्ट्रिय जगतमा गणितको अध्ययन अध्यापनका विषयमा भएको प्रयास र अभ्यासका बारेमा जानकारी लिनुका साथै नेपालमा गरिएका प्रयासका बारेमा विश्व जगतलाई बताउँने जानकारी दिए ।


सम्मेलनमा सिकेका कुरालाई नेपालमा ल्याएर लागू गराउने भन्दै शाक्यले गणितलाई असजिलो भन्ने मान्यतालाई हटाउन आफूहरु लागि पर्ने बताएका छन् ।


हरेक चार वर्षमा हुने यो सम्मेलन यसअघि दक्षिण कोरियामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.