नवलपरासीमा डुबान, उद्धारका लागि सेना परिचालन(फोटोफिचर)
परासीः लगातार परेको वर्षाका कारण नवलपरासी सदरमुका परासी डुबानमा परेको छ । परासीका सयौं घर डुवानमा परेका छन् ।
स्थानीय झरही र रामखण्डा खोलामा आएको बाढी गाउँ परेपछि परासीमा डुबान भएको हो । बस्तीमा पसेको पानी झन्डै तीनदेखि सात फुटसम्म भरिएको छ।
डुबानमा परेका घर जोगाउन स्थानीयबासी तल्लिनछन् । घर जोगाउन उनीहरुले स्थानीय प्रशासनसँग माग गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले उद्दार गरिरहेको छ । सेनाले हाटबजार क्षेत्रका घरहरुबाट राति २ बजे दुईदर्जन गाउँलेलाई आकस्मिक उद्दार गरेको छ ।
झरही खोलाले आफ्नो नियमित बहाव छोडेर रामगा्रम–२ बाट बस्तीमा पसेकाले परासी बजार डुबानमा परेको हो । बजारका घरमा पानी पसेकाले स्थानीय बासिन्दा घरको छतमा बसेका छन् ।