पोखरा राष्ट्र बैंक चोक बर्जर पेन्ट्सको स्टोर
काठमाडौंः बर्जर पेन्ट्सले आफ्नो एक्सक्लुसिभ सोरुम पेन्ट प्लसको नयाँ स्टोर जटाधारी ट्रेड्स राष्ट्र बैंक चोक पोखरामा सञ्चालनमा ल्याएको छ ।
यो एक्सक्लुसिभ स्टोरको उद्घाटन मिस नेपाल अश्मी श्रेष्ठ र बर्जर मिस ट्यालेन्ट सृजना रेग्मीले संयुक्त रूपमा गरेका छन् ।
‘बुझ्नुहोस्, रोज्नुहोस् अनि रंगाउनुहोस् भन्ने नाराका साथ सुरुवात भएको पेन्ट प्लसको मुख्य उद्देश्य घरधनीलाई रङसम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।
उक्त पेन्ट्स प्लसमा रङको साथसाथै ग्राहकको सुविधालाई ध्यान दिई इन्टेरियर डेकोरेटरद्वारा रङसम्बन्धी परामर्श, घरको डिजिटल प्रिभ्यु, टच एन्ड फिल र विभिन्न रङबाट रोज्नेजस्ता सुविधा एकै ठाउँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
पोखरामा रहेका अन्य स्टोरको सफलतासँगै ग्राहकलाई थप सुविधा दिने उद्देश्यका साथ यो स्टोर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।