शाखारहित सेवा विस्तार गर्दै ग्लोबल आईएमई
काठमाडौंः ग्लोबल आईएमई बैंकले बाग्लुङको भीमगिठे र अर्घाखाँचीको ठुलापोखरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले व्यावसायिक प्रतिनिधिलाई प्रमाणपत्र र पीओएस मेसिन हस्तान्तरण गरी उक्त शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । भीमगिठेमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी हरिचन्द्र खत्री तथा ठुलापोखरामा सेवा सञ्चालनका लागि धनिश्वर पाण्डेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।
यो सँगै बैंकको शाखारहित बैंकिङ सेवा ४२ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गका जनतामाझ सेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङमार्फत सेवा पु¥याउँदै आएको छ ।
बैंकले ९१ वटा शाखा, सय एटीएम, ४२ शाखारहित बैंकिङ सेवा, १० राजस्व संकलन काउन्टर, ६ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।