भिजाले पाँच प्रतिशत छुट दिने
काठमाडौंः विश्वबजारको कार्ड सिस्टममा मुद्रा कारोबार गर्ने भिजाले आफ्ना ग्राहकलाई भाटभटेनी स्टोरका १२ वटा आउटलेटबाट खाद्यान्न सामान किन्दा पाँच प्रतिशत छुट दिने भएको छ ।
यो सुविधा आगामी कात्तिक ३ गतेसम्म पाउन सकिनेछ । भिजाको दक्षिण एसिया प्रमुख टीआर रामचन्द्रनका अनुसार नगदको सट्टा कार्ड प्रयोग गर्ने चलन बढ्दै गएकोले नेपाल भिजा कार्डको महत्वपूर्ण बजार हो ।
भिजा र भाटभटेनीले चार वर्षदेखि ग्राहकलाई इलेकट्रोनिक कारोबारको सेवा प्रदान गरिरहेका छन् । भिजाले दिएको छुटबाट ग्राहकले एउटा छुट्टै, फरक सजिलो, सुरक्षित र छिटो कार्ड सिस्टममा कारोबारको अनुभव लिने विश्वास लिइएको छ ।