विदेशमा वीर विक्रम 

विदेशमा वीर विक्रम 

काठमाडौंः  भदौ ३ गतेदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘वीर विक्रम'ले यसअघि नै हङकङ र बेलायतबाट लगानी सुरक्षित गरिसकेको छ । विदेशमा गएर चलचित्रको प्रिमियर गर्ने ट्रेन्ड चलिरहेको बेला वीर विक्रमले हङकङ र बेलायत प्रदर्शनमा सवा करोडको लगानी सुरक्षित गरेको हो । विदेशमा प्रदर्शनपछि नेपालमा प्रदर्शन गर्न लागिएको हो ।

नेपाली चलचित्रको बजार विदेशतिर बढिरहेको चलचित्रका निर्देशक मिलन चाम्स बताउँछन् । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारले गर्दा हाई बजेटका मुभी बन्न थाले ।' सुरुमै विदेशीलाई नेपाली चलचित्र देखाउन खोज्नुभन्दा अगाडि विदेशमा रहेका नेपालीमाझ चलचित्र पुर्‍याउनुपर्ने उनको भनाइ छ । विदेशमा रहेको नेपाली समाजमाझ पुग्ने चलचित्रले त्यहाँ जोडिएका अरू समाजमा पनि विस्तारै स्थान बनाउन सक्ने उनको भनाइ छ ।

पछिल्लो प्रविधि र करोडौं खर्च गरेर बनाइएका विदेशी चलचित्रसँग हाम्रो प्रतिस्पर्धा हुन सक्दैन । हाम्रो प्रतिस्पर्धा भनेको कथावस्तुबाट हुन सक्छ । मिलन भन्छन्, ‘मौलिकतामा समेटिनुपर्छ अनि मात्र क्वालिटी मुभी बन्छ ।' अहिले हिरो हिरोइनभन्दा पनि ब्यानर हेरेर दर्शकले चलचित्र रोज्ने गर्छन् । उनले भने, ‘सरकारले छुट्याउन नसकेको ग्रेड दर्शकले छुट्याउन थालेका छन् ।' दर्शक चलचित्रप्रति जागरुक भइसकेकाले मौलिकताबिना नेपाली चलचित्र नचल्ने उनको भनाइ छ ।

उनका अनुसार गाउँको कुनाकप्चाको नेपालीका जीवनशैली, आम भोगाइ नै चलचित्र वीर विक्रम हो । ‘गाउँको मौलिक अर्गानिक, मसालेदार चलचित्र हो', उनले भने । चलचित्रमा दयाहाङ राई कमर्सियल रूपमा प्रस्तुत भएका छन् । दयाको द्वन्द्व, नृत्य, रुवाइ, अर्पण थापाको कमेडी, नाजिर हुसेनको गाउँले भूमिका चलचित्रका फरक पक्ष हुन् । खलपात्रको रूपमा देखिने गरेका अनुप विक्रम शाहीलाई मुख्य पात्र ‘हिरो'को रूपमा प्रस्तुत गरिएको छ । दिया पुन, विवेक लिम्बू, वसन्त भट्ट, शिशिर रानालगायतले चलचित्रमा अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.