बजेटबारे बुझ्न खोज्दा महिलामाथि आक्रमण

बजेटबारे बुझ्न खोज्दा महिलामाथि आक्रमण

काठमाडौंः महिला, वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिलगायतका नाममा आएको बजेट हिनामिनाविरुद्ध आवाज उठाउँदा रौतहट समनपुरकी रामसखीदेवी साहमाथि गाउँ विकास समितिका कर्मचारीले मरणासन्न हुने गरी कुटेका छन् । उनलाई गाविस सहायक सचिव नागेन्द्र यादव र लेखापाल सहायक कामेश्वर सहनीले कुटपिट गरेका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी साहको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । उनको नाक र टाउकोमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार उनको थप जाँचका लागि एमआरआई गर्नुपर्छ । कुटपिटमा घाइते भएका अन्य १० जनाको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको छ ।

गाउँकै सशक्तीकरण महिला समूहकी अध्यक्षसमेत रहेकी साहलगायतका अन्य धेरै महिला र गाउँका सर्वसाधारण उपस्थित भेलामा महिलाका नाममा विनियोजित बजेट कहाँ गयो भन्ने विषयमा छलफल गर्दा गाविसका कर्मचारीद्वयलगायत बाबुलाल सहनी, रवीन्द्र सहनी, विजय सहनी, वीरेन्द्र सहनी, रुदल सहनी र उनीहरूको समूहले आक्रमण गरी आफ्नी आमालाई निर्घात कुटपिट गरेका उनका कान्छा छोरा अशोककुमार साहले बताए । उक्त भेला साउन १८ गते गाउँको शंकर गुदर उमाविको प्रांगणमा भएको थियो ।

गाउँमा उपचार सम्भव नभएपछि उनलाई राजधानी ल्याइएको हो । गाउँमा महिलाका नाममा आएका रकम महिलालाई नै उपलब्ध गराउनुपर्छ भनेर महिला समूहलाई साथ दिँदा आफूलाई पनि बारम्बार धम्की दिँदै ‘तिमीले के गर्न सक्छौ, तिम्रो के औकात छ’ भन्दै सहायक सचिव र सहायक लेखापालले दुव्र्यवहार गरेको अशोकले बताए ।

गाविसका कर्मचारीले वर्षौंअघि मृत्यु भइसकेका व्यक्तिका नाममा पनि भत्ता निकालेर मिलेमतोमा लिने गरेको उनको आरोप छ । महिला शिक्षाका लागि आवश्यक २० हजार रुपैयाँ आफ्नो समूहले बारम्बार माग्दा पनि गाविसबाट नदिइएको र उल्टै आफूहरूले गाउँमा गरेको कार्यक्रममा आक्रमण गरी कुटपिट गरिएको भेलामा सहभागी पुनकलीदेवी सहनीले बताइन् । शंकर गुदर उमाविका शिक्षक भागनारायण तिवारीले पनि यी व्यक्तिहरूले गाउँमा धेरै अभद्र व्यवहार गरेकाले बस्नै गाह्रो भएको बताए ।

आरोपित नागेन्द्र यादव र कामेश्वर सहनीलाई सम्पर्क गर्न खोज्दा उनीहरूको मोबाइल स्विच अफ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.