किन स्थगित भयो नेविसंघको बन्द सत्र
काठमाडौं : प्रतिनिधि छनोटमा विवाद भएपछि नेपाल विद्यार्थी संघको सोमबार हुने बन्दसत्र स्थगित भएको छ ।
केही जिल्ला र क्याम्पसको प्रतिनिधि छनोटमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच विवाद बढेपछि नेतृत्व तहमा छलफल गरेर टुंग्याउनका लागि सोमबारको बन्द सत्र स्थगित भएको हो ।
संघका मुख्य सचिव शिव रिमालद्वारा जारी विज्ञप्तिमा जिल्ला र क्याम्पसको प्रतिनिधि छनौटमा प्राविधिक समस्या देखिएपछि बन्द सत्र स्थगित भएको उल्लेख छ। बन्दसत्र मंगलबार हुने जनाइएको छ ।
विज्ञप्तिमा महाधिवेशन प्रतिनिधिलाई मंगलबार आठ बजे प्रतिनिधि कार्ड लिन पार्टी केन्द्रीय कार्यलयमा आउन भनिएको छ।
नेपाल विद्यार्थी संघको अविधेशन ९ वर्षपछि हुन लागेको हो । आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि बन्दसत्र विवाद भएको हो ।