प्रधानमन्त्रीले परराष्ट्र सचिवलाई टेलिफोनबाटै दिए निर्देशन

प्रधानमन्त्रीले परराष्ट्र सचिवलाई टेलिफोनबाटै दिए निर्देशन

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' ले परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न निर्देशन दिएका छन् ।

साउदी अरबमा सयौं नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालले तुरुन्तै उद्वारमा लाग्न निर्देशन दिएका हुन् ।

अवस्था हेरेर राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्न परराष्ट्र सचिवलाई प्रधानमन्त्री दाहालको निर्देशन थियो ।

प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दुतावाससँग समन्वय गरी यथाशीघ्र त्यही रोजगारीको व्यवस्था गर्न तथा त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन पनि निर्देशन दिएका छन् ।

सो अवसरमा परराष्ट्र सचिव वैरागी दासले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.