माओवादीबाट कोको मन्त्री बन्दैछन् ?
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली मंगलबार अन्तिम रुप दिदैछ ।
मन्त्रीहरुको नामलाई अन्तिम टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी मुख्यालयको बैठक बसेको छ । स्रोतका अनुसार उर्जामा जनार्दन शर्मा, संचारमा राम कार्की, स्थानीय विकासमा हितराज पाण्डे, कानुन तथा संसदीय व्यवस्थामा प्रभु शाह र शिक्षामा डिआर पौडेल हुने लगभग निश्चित भएको छ । कार्की, पौडेल र पाण्डे माओवादीबाट पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।
प्रधानमन्त्रीले आजै माओवादीबाट मन्त्री हुनेहरुको नाम राष्ट्रपति पठाउने तयारी भइरहेको छ । यसअघि माओवादीबाट उपप्रधान तथा अर्थमन्त्रीसहित तीनजना मन्त्री नियुक्त भइसकेका छन्। भागबन्डामा माओवादीबाट ८ र कांग्रेसबाट १३ मन्त्री राख्ने सहमति भएको छ ।