एफपीओ सेयरका लागि बन्यो नयाँ मापदण्ड

एफपीओ सेयरका लागि बन्यो नयाँ मापदण्ड

काठमाडौंः एफपीओ (फर्दर पब्लिक इस्यु) निष्कासनको नयाँ मापदण्ड तय गरिएको छ । पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले एफपीओमा सेयर निष्कासन गर्न चाहने संस्थाले पूरा गर्नुपर्ने गरी एकीकृत निर्देशन जारी गरेको हो ।

अबदेखि एफपीओ ल्याउने कम्पनीले मूल्य तोक्दा पुँजीकृत भएको आम्दानी, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, एक सय ८० दिनको औसत बजार मूल्य तथा भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यलाई प्रमुख आधार बनाउनुपर्नेछ ।

सूचीकृत संस्थाहरूले एफपीओ मूल्य निर्धारण गर्दा यी विधि तय गरी मूल्य गणना गर्ने र यी सबै विधिबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणना गरी भाउ निर्धारण गर्नुपर्नेछ ।

सूचीकृत कम्पनीले एफपीओ जारी गर्ने सम्बन्धमा साधारणसभाबाट निर्णय भएको चार महिनाभित्र धितोपत्र बोर्डमा निवेदन दिइसक्नुपर्नेछ । एफपीओ मूल्य तय गर्दा सम्बन्धित व्यवसायको औसत प्रतिफल तथा बिटा गणना भएमा सोको आधारसमेत पुष्टि हुनुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको छ ।

एफपीओ ल्याउने कम्पनीले मूल्य तोक्दा पुँजीकृत भएको आम्दानी, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, एक सय ८० दिनको औसत बजार मूल्य तथा भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यलाई प्रमुख आधार बनाउनुपर्नेछ ।

प्रतिसेयर खुद सम्पत्तिको मूल्य गणना गर्ने प्रयोजनका लागि समावेश गरिएका विभिन्न रकमको विवरण र आधार पनि खुल्नुपर्नेछ । यसैगरी औसत बजार मूल्य गणना गर्दा बोर्डमा निवेदन दिनुभन्दा एक सय ८० दिन अगाडिको मूल्य, वित्तीय प्रक्षेपणका आधार तथा औचित्य अनि डिस्काउन्ट रेट र टर्मिनल ग्रोथ रेट गणनाका आधार पेस गर्नुपर्नेछ ।

सूचीकृत कम्पनीहरूले आफूखुसी एफपीओ भाउ तोक्न थालेपछि यसमा धितोपत्र बोर्डले हस्तक्षेप गरेको हो । पछिल्लो समय नेपाल लाइफ इन्सुरेन्स कम्पनीले बोर्डमा प्रस्ताव गरेको भाउ दोस्रो बजारमार्फत सार्वजनिक गरेपछि यो कम्पनीको प्रस्ताव अहिले पेन्डिङ छ । नयाँ निर्देशन आएकाले अब नयाँ आधार र सूचकका आधारमा नेपाल लाइफलाई मूल्य तोक्न दिइने नियामक बोर्डको भनाइ छ ।

धितोपत्र बोर्डले बजार सुधार कार्यक्रमअन्तर्गत एफपीओ मूल्य पारदर्शी बनाउने काम गरेको हो । नयाँ व्यवस्थाले मूल्य निर्धारणमा हुन सक्ने चेलखेल रोकिदिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.