विद्यालयमा हवाई आक्रमण

विद्यालयमा हवाई आक्रमण

साना यमनः साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनी विद्रोहीको पकड रहेको राज्यको उत्तरी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी१० जना बालबालिकाको मृत्यु भएको डक्टर विदाउट बोर्डर्स (एमएसएफ) ले आइतबार जनाइएको छ ।

एमएसएफका प्रवक्ता मलाक सहेरले हैदानस्थित कोरानिक नामको विद्यालयमा साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १५ वर्षमुनिका १० बालबालिकाको मृत्यु भएको छ । त्यस आक्रमणमा २८ जना घाइते भएको पनि उनले पुष्टि गरेका छन् ।

घटनापछि इरान पक्षधर हुथी विद्रोहीले हवाई आक्रमणबाट मृत्यु भएका बालबालिकाको रगताम्मे अवस्थाको भिडियो फेसबुक लगायतका सार्वजनिक सञ्जालमा सेयर गरेका थिए ।

घटनाको संयुक्त राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि कार्यरत संस्था युनिसेफले पुष्टि गरेको छ । युनिसेफले पछिल्ला केही सातायता यमनी भूमिमा कैयौं बालबालिकाको हवाई आक्रमणमा परी मृत्यु भएको बताएको छ ।युनिसेफले यमनमा युद्धरत सबैपक्षसँग युद्धका समय अन्तर्राष्ट्रिय कानुनद्वारा निर्दिष्ट नियमको पालना गरी बालबालिका, सामान्य नागरिक तथा उनीहरूका भौतिक संरचनामाथि हमला नगर्न आग्रहसमेत गरेको छ ।

संयुक्त राष्ट्रसंघको अध्ययनले यमनमा सन् २०१५ भर भएका आक्रमणमा ७ सय ८५ बालबालिकाको ज्यान गएको छ । तीमध्ये ६० प्रतिशत साउदी अरेबिया नेतृत्वको गठबन्धनले गराएको भन्दै उक्त गठबन्धनलाई राष्ट्रसंघले कालो सूचीमा राखेपछि साउदी अरेबियाले आक्रोश व्यक्त गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले साउदीलाई अन्तर्राष्ट्रिय युद्धसम्बन्धी कानुनको पालना नगरेको आरोप लगाएका छन् । बानले यस्तै स्थिति रहेमा साउदीमाथिको राष्ट्रसंघको सहायता कार्यक्रममा कटौती गर्ने चेतावनी दिएका छन् ।

बानको यस्तो चेतावनीपछि साउदी नेतृत्वको सुरक्षा गठबन्धनले दुःख प्रकट गरेको छ । गठबन्धनले आइतबार एमएसएफले बताएका १० बालबालिकाको मृत्यु आफ्नो विद्रोहीविरुद्ध गरिएको हवाई आक्रमणमा भएको दाबी गरेको छ । आफूहरूको निशाना कुनै पनि अवस्थामा विद्यालय नभएको भन्दै जिकिर गरेको छ ।

साउदी नेतृत्वको गठबन्धनले विद्यालयमा आफ्नो निशाना नभएको तर आफ्नो विमानद्वारा हुथी विद्रोहीको सादास्थित तालिम केन्द्रमा विस्फोट गराइएको प्रस्ट्याएको छ । उसले विद्रोहीले बालबालिकालाई भर्ती गरी उक्त शिविरमा तालिम दिँदै गरेकाले बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।

गत वर्षको मार्च महिनाबाट यमनमा जारी साउदी अरेयिबा नेतृत्वको हवाई आक्रमणमा परी ५ हजार ४ सय व्यक्तिको मृत्यु भएको छ । यसमा अत्यधिक संख्यामा बालिबालिका रहेको राष्ट्रसंघले बताएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.