क्यान कमटेक प्रदर्शनी हुँदै
काठमाडौंः क्यान महासंघले क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ ।प्रदर्शनी भदौ २३ गते देखि २६ गतेसम्म भृकुटीमण्डप आयोजना हुनेछ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्न यस्ता कार्यक्रम आवश्यक भएकाले क्यान महासंघले वर्षैपिच्छे यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एन्ड सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, आई सीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ । विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एन्ड सोलुसन्स र ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीसम्बन्धी कम्पनीले भाग लिने उक्त प्रदर्शनीको टाइटल स्पोन्सर सुबिसु केबलनेट प्रालि र एसोसिएट स्पोन्सरको रूपमा सामसुङ रहेको छ ।
८१ वटा स्टल रहने यो प्रदर्शनीमा हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेका आयोजकले जनाएको छ ।