सकियो टाटा मोटर्स कार मेला
काठमाडौंः टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ प्रालिद्वारा आयोजित ‘टाटा मोटर्स कार मेला सिजन ४’ सम्पन्न भएको छ । साउन २७ बाट सञ्चालित मेला आइतबारबाट सम्पन्न भएको हो ।
मेला दुई हजार ६ सयभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । अवलोकनकर्ताले टाटाका विभिन्न गाडीबारे जानकारी लिई टेस्ट ड्राइभ गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार तीन सय ८० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडी टेस्ट ड्राइभ गरे भने ९२ जनाले खरिदका लागि बुकिङ पनि गरेका छन् । एक सय ८२ भन्दा बढी सहभागीले आफ्नो गाडीको मूल्यांकन गराएका थिए ।